चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र बंगुर पालन गर्न नदिने (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ७ गते १७:५८

७ कात्तिक २०७८ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र बंगुर पालन गर्न नदिने भएको छ ।
नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा रहेका सबै बंगुर फार्म एक महिनाभित्र हटाउन सूचना जारी गरेको छ ।
स्थानीय बासिन्दाले बंगुर फार्मबाट फोहोर र प्रदूषण बढेको भन्दै फार्म बन्द गर्न माग गरेकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
बंगुर फार्मबाट फोहर र प्रदूषण बढेकाले बन्द गर्न माग नगरपालिकामा पटक पटक स्थानीयहरुले दबाब दिएका कारण नगरसभाले नै निर्णय गरि कार्यान्वयनमा ल्याएको उहाँले बताउनु भयो ।
प्रतिक्रिया