समाज

कर्णालीको बाढी पस्दा करिब ५ हजार स्थानीय बासिन्दा बिचल्लीमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:५६
कर्णालीको बाढी पस्दा करिब ५ हजार स्थानीय बासिन्दा बिचल्लीमा (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ बाँके । कर्णाली नदीमा आएको बाढी बस्तीमा पस्दा बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाका करिब ५ हजार स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् । घर मै बाढी पसेपछि घरबाट विस्थापित भएका उनीहरु नजिकैको सडक र विद्यालयमा बस्दै आएका छन् ।

राजापुरको दलैघाटबाट कर्णाली नदी बस्तीमा पस्ने जोखिम बढेपछि राजापुरको संघर्ष नगर गाउका स्थानिय बासिन्दाहरुले रुखका हागाहरु, प्लाष्टिकको बोरामा माटो तथा बालुवा भरेर तटबन्ध निर्माण गरिरहेका छन ।

बाढीको जोखिमका कारण सुरक्षित स्थानमा निस्किएका अधिकांशले खान र सुत्न समेत पाएका छैनन् । उनीहरु खुल्ला आकाशमा आगोबालेर रात बिताउन बिबश छन । केही मानिसहरु रेडक्रस र नेपाली सेनाले दिएको त्रिपालमा बस्दै आएका छन । बस्ने घर , भन्डार गरेर राखेको खाद्यान्न , पशु पंक्षी र खेतमा तयार भएको धान समेत बाढीले क्षति पुराए पछि बाढी प्रभाबितहरु थप समस्यामा परेका छन ।

बाढीका मानवीय क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन भएका छन । सुरक्षाकर्मीले बाढीमा फसेका गर्भवती, सुत्केरी महिला बृद्धबृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा ल्याउने खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री सुरक्षित स्थानमा पुर्याउन सहयोग गरिरहेका छन ।

बाढीबाट विस्थापित भई सडक तथा विद्यालयहरुमा बस्दै आएका विस्थापितहरुलाई खाने कुरा र बस्नका लागि त्रिपालको व्यवस्थापन गर्नेतर्फ स्थानीय प्रशासनले काम गरिरहेको छ ।

मौसममा सुधार आएकाले कर्णाली नदीमा पानीको सतह घटदै गएका कारण राहात र उद्दारको काम गर्न केहि सहज भएको छ । त्यसै गरी बाढीबाट भएको क्षतिको विवरण संकलन गरी राहतका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने तयारी प्रशासनको छ ।
कृष्ण अधिकारी

३ कात्तिक २०७८ धादिङ । धादिङको सिस्नेखोलाबाट काठमाडौंको थानकोट जोड्ने नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा गराईएको विष्फोटका कारण पहिरो जान थालेपछि प्रवेशद्वारसँगैको डाँडामा रहेको बस्ती नै जोखिमा परेको छ ।

विकाससँगै निम्तिएको बिनासबाट बच्न स्थानीय बासिन्दाले तत्काल पुनर्स्थापना चाहेका छन । तर उनीहरुको माग न आयोजनाले सुनेको छ न त राज्यले चासो नै दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *