बाढी र पहिरोले देशका विभिन्न १९ जिल्ला बढी प्रभावित

हिमालय टिभी
२०७८ कार्तिक ३ गते ८:०१
बाढी र पहिरोले देशका विभिन्न १९ जिल्ला बढी प्रभावित

३ कात्तिक २०७८ काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ ।

गृह मन्त्रालयले वर्षासँगै आएको बाढी र पहिरोमा परि फसेकाहरुको तत्काल उद्दारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

बेमौसमी वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।

कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले राहत तथा उद्धारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *