पहिरोमा परेर डोटी, कालिकोट र डडेल्धुरामा चार जनाको मृत्यु

२ कात्तिक २०७८ काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोका कारण डोटीमा २ तथा कालिकोट र डडेल्धुरामा एकएक गरी ४ जनाको मृत्यु भएको छ ।
डोटीको सायल गाउँपालिका– ६ अलैत बस्ने डिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उहाँका ११ वर्षीय छोरा सागर र १५ वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो। घरका अन्य सदस्य भने सकुशल छन् ।
यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भत्काडामा घरमाथिबाट खसेको पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार अमरगढी नगरपालिका–१ मा पनि पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताउनुभयो ।
प्रतिक्रिया