परिवारको सुखशान्तिका लागि मधेसमा खोइछ भर्ने परम्परा

२७ असोज २०७८ जनकपुरधाम । आज बडादसैँको महाअष्टमी, जनकपुरधामका शक्तिपीठ तथा दुर्गा भनावीको प्रतिमा बनाएको ठाउँमा विवाहित महिलाहरूले खोइछ भरेर पर्व मनाइरहेका छन् ।
खोइछ भर्नका लागि जनकपुरधामका शक्ति पिठहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । श्रीमान, सन्तानको लामो आयू र परिवारको सुख शान्ति एवं समृद्धिका लागि दुर्गा भवानीको मन्दीरमा विवाहित महिलाहरूले खोइछ भर्ने परम्परा रहेको छ ।
सप्तमीदेखि नवमीसम्म शक्तिपीठमा हिन्दु महिलाहरू पूजापाठका लागि जम्मा हुने गरेका छन्। नयाँ कपडामा फूल,फल,अक्षतासहित सोह्र श्रृङ्गारका सामान राखेर आफ्नोश्रीमानको दीर्घायुको कामनासहित महिलाहरू दुर्गा भवानीका विभिन्न रुपलाई पूजा गर्दछन् ।
मधेसी संस्कृतिमा छोरी÷बुहारीलाई विदाइ गर्दा उसको समृद्धिका लागि खोइछ दिने परम्परा परापूर्व कालदेखि रहँदै आएको मधेश संस्कृतिका जानकारहरू बताउँछन् । आज जनकपुरको राजदेवी मन्दिरमा बलि दिनका लागि पनि बिहानैदेखि लाइन लागेको छ ।
प्रतिक्रिया