Main News
बैतडी र महोत्तरीमा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु
२०७८ असोज २७ गते ९:०१

२७ असोज २०७८ काठमाडौं । गएराति बैतडी र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका ४ मा मोटरसाइकल एकआसपमा ठाक्किँदा चालकद्वय सर्लाहीको इश्वरपुर नगरपालिका १ का २८ वर्षिया वियज कुमार महतो रवर्दिवास नगरपालिका ३ गौरिडाँडाका २७ वर्षका सुरज तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तामाङ सँगै सवार सोही स्थानका २२ वर्षका सोनु सिंहको रामजानकी अस्पतालमा उपचार भइरहेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा डिलासैनी गाउँपालिका ३ का २३ वर्षका योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरीको भनाइ छ ।
दार्चुलाको गोकुलेश्वरबाट सदबाज भन्ने स्थानमा जाँदै गरेको ट्याक्टर आज बिहान साढे १ बजे दुर्घटनामा परेको हो ।
प्रतिक्रिया