Main News
यो वर्षको मनसुन नेपालबाट बाहिरियो
२०७८ असोज २६ गते ९:५४

२६ असोज २०७८ काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत शुक्रबार पश्चिम नेपालबाट बाहिरिन शुरु गरेको मनसुन हिजो देशभरीबाटै बाहिर गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन सकिएको भएपनि थोरै जलवाष्पयुक्त हावा बाँकी भएकाले देशका पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । तर ठूलो पानी भने कतै पनि नपर्ने उहाँले बताउनुभयो ।
सामान्यतया अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भएपछि यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिएको उहाँले जानकारी दिनुभयो ।
मौसमविद् श्रेष्ठका अनुसार अनुसार आज दिउँसो सामान्यतया देशभरको मौसम सफा हुनेछ भने पहाडी भूभागको एकदुई ठाउँमा भने आशिंक बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया