प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ असोज २५ गते ८:५७
प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै

२५ असोज २०७८ काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *