जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

हिमालय टिभी
२०७८ असोज २३ गते १४:२३
जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

२३ असोज २०७८ खलंगा । जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् ।

पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् । २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताउनुभयो ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *