पोलको भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटियो, व्यवसायी आन्दोलित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते १८:३८
पोलको भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटियो, व्यवसायी आन्दोलित (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ चितवन । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा आफ्नो पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिदिएको छ ।

भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन, विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनुभयो । तार काटिएपछि आज चितवनका धेरैजसो क्षेत्रको इन्टरनेट अवरुद्ध भएको छ ।

विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित भएका छन् । एनआइ एसपिएनका संयोजक दिपक अधिकारीले प्राधिकरणले जथाभावी पोल भाडा बढाएर इन्टरनेट र केबलको तार काटेको आरोप लगाउनुभयो ।

चितवनमा ३० वटा इन्टरनेट र २ वटा केवुल टिभी सञ्चालनमा छन् । त्यसमध्ये ८ वटा इन्टरेनट सेवाप्रदायक संस्थाले मात्रै पोल भाडा तिरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *