नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान सिंह निर्वाचित

हिमालय टिभी
२०७८ असोज ५ गते ९:३०
नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान सिंह निर्वाचित

५ असोज २०७८ न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो ।

नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन बरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा रामकृष्ण महर्जन तथा कोषाध्यक्षमा हृदय तुलाधर चयन हुनुभएको छ ।

सदस्यमा मिन लाल नकर्मी प्रकाश तुलाधर, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सजना महर्जन, कविना श्रेष्ठ, सरिता श्रेष्ठ र विरेन्द्र मानन्धरलाई चयन गरेको छ ।

कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष निर्मल प्रधानले संस्थालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र परम्परा संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले गुठीलाई सहमतिकै आधारमा अघि बढाउने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गुठीका संस्थापक समिर महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहमतिका साथ अघि बढ्न शुभकामना दिनुभयो । उहाँले नेवाः गुठीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउनु सकारात्मक पक्ष भएको भन्दै चुनावलाई हारजीतको रुपमा नलिन आग्रह गर्नु भयो ।

नेवाः गुठी न्यूयोर्क सन् २००७ मा स्थापना भएको सामाजिक संस्था हो । यो संस्थाले अमेरिकाका विभिन्न स्थानमा रहेका नेवाः समुदायका नागरिकलाई एकै छातामुनी एकीकृत गरी नेवाः संस्कृति तथा परम्पराको प्रवर्द्धन गर्ने गरेको छ । यसले नेपाल सम्वतको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *