लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
२०७८ भदौ २९ गते १८:३४
२९ भदौ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ ।
प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।
अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ ।
प्रतिक्रिया