जाजरकोटमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु
२०७८ भदौ २९ गते १६:२४

२९ भदौ २०७८ जाजरकोट । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।
दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया