समाज

लिम्बू समुदायमा सिलाम साक्माप्रति बढ्दो आकर्षण, के हो सिलाम साक्मा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते १५:५४
लिम्बू समुदायमा सिलाम साक्माप्रति बढ्दो आकर्षण, के हो सिलाम साक्मा ? (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ पाँचथर । पाँचथरमा लिम्बू जातीको सघन बसोबास भएको क्षेत्रमा सार्वजनिक समारोहमा स्थानीय पहिचान झल्कने आकर्षक सामग्री लगाइदिने चलन बढ्दै गएको छ ।

लिम्बस् जातीमा आधारित संघ, संस्थाले अतिथिलाई लगाइदिने यो सामग्रीको नाम हो सिलाम साक्मा । लिम्बू समुदायमा सिलाम साक्माको प्रतिक चिन्ह सार्वजनिक जीवनमा पनि महत्पूर्ण मानिन्छ ।

अतिथिलाई स्वागत गर्ने क्रममा सिलाम साक्माको प्रयोग हुने गरेको छ । सार्वजनिक समारोह तथा विवाहमा सहभागी हुन पनि सिलाम साक्मालाई छातीमा सजाएर पुग्ने गर्छन् । सिलाम साक्मा लिम्बूहरुको महत्वपूर्ण तङसिङ अनुष्ठानमा आधारित छ ।

हातले बुनिने चारकुने सिलाम साक्मामा छेउमा फुर्को बनाइन्छ । यसलाई दुईवटा बासको कप्टेरोमा विभिन्न रङ्गका धाकोबाट आकर्षक ढंगले बनाइन्छ । दैविक शक्तिलाई खुसी पारेर सुख, शान्ति, सद्भावको कामना गर्दै तङ्सिन गरिन्छ । सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रुपमा पनि लिइन्छ ।

मानव जीवनको उपकारका लागि तङ्सिङ गरिन्छ । यही अनुष्ठानमा प्रयोग हुने सिलाम साक्माको प्रतिक चिन्ह सार्वजनिक कार्यक्रम तथा जीवनमा प्रयोग गरिन्छ । पहिले काँचो र सेतो धागोले बनाइन्थ्यो । अचेल सुन्दरताका लागि विभिन्न रङ्गका धागो प्रयोग गरिन्छ ।

परम्परागत, धार्मिक तथा सांस्कृतिक महत्व बोक्ने सिलाम साक्माको प्रतिक सार्वजनिक समारोह र जीवनमा प्रयोग हुने गरेको छ । अचेल तङसिङ कम मात्र हुने गरेको छ । यसको थप प्रवर्द्धनका लागि तङ्सिङमा प्रयोग हुने सिलाम साक्माको अध्ययन तथा प्रतिकको प्रयोगमा जोड दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *