अन्तरिम सरकारविरुद्ध अफगानिस्तानमा महिलाको प्रदर्शन जारी

हिमालय टिभी
२०७८ भदौ २४ गते ८:१३
अन्तरिम सरकारविरुद्ध अफगानिस्तानमा महिलाको प्रदर्शन जारी

२४ भदौ २०७८ काबुल । अफगानिस्तानमा नयाँ गठित अन्तरिम सरकारविरुद्ध महिलाको प्रदर्शन जारी राखेका छन् ।

अन्तरिम सरकामा पुरुषको मात्रै बाहुल्यता रहेको भन्दै त्यहाँका महिलाले लगातार विरोध गरिरहेका छन् । राजधानी काबुल र उत्तर–पूर्वी राज्य बदख्शांमा प्रदर्शन भइरहेको छ ।

उनीहरुले महिला सहभागी नरहेको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् । प्रदर्शनलाई तितरबितर पार्न महिलामाथि हातपात पनि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै केही पत्रकारलाई पक्राउन गर्नुका साथै तिनीहरुमाथि कुटपिट भएको बताइएको छ । उता तालिबानले सरकारमा महिलालाई सहभागी नगराएको बारे जवाफ दिएको छैन । त्यस्तै उसले विरोध प्रदर्शनलाई अवैध भन्दै आएको छ ।

यसैबीच अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले देश छाड्नु परेको कारणबारे दोस्रो पटक स्पष्टिकरण दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको उल्लेख गरेका छन् ।

उनले जनतासामू माफी मांग्दै ‍राज्यकोबाट लाखौं अमेरिकी डलर लिएर आएको आरोपको कडा रूपमा खण्डन गरेका छन् । उनले तालिबान अनि तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *