विरिङ खोला किनारमा आमा छोराको शव फेला

हिमालय टिभी
२०७८ भदौ २० गते १६:००
विरिङ खोला किनारमा आमा छोराको शव फेला

२० भदौ २०७८ झापा । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ ।

उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ ।

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् ।

शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेकी विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *