छोरीलाई शिक्षामा पहुँच विस्तार गर्न पाल्पामा छोरी शिक्षा कार्यक्रम सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते १७:४२
छोरीलाई शिक्षामा पहुँच विस्तार गर्न पाल्पामा  छोरी शिक्षा कार्यक्रम सञ्चालन (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ पाल्पा । पाल्पामा छोरीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ छोरी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

छात्राले विद्यालय छाड्ने क्रम बढेकाले कक्षा ८ देखि १० सम्मको अध्ययन पूरा गराउन योजनासहित छोरीलाई छात्रवृत्ति कार्यक्रममार्फत विद्यालय शिक्षामा आकर्षित गर्न खोजिएको हो ।

तानसेन नगरपालिकाभित्र १४ वडाबाट ७० जना छात्राले यो कार्यक्रमबाट वार्षिक दश हजारको छात्रवृत्तिसहितको सुविधा पाउने छन् ।

तानसेनका प्रत्येक वडाबाट दलित २ जना, जनजाति १ जना र अन्य २ जना गरी पाँच जना छोरी शिक्षा कार्यक्रममा सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *