राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १९:०२
राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाउनु भएको छ ।

झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा ओलीले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनु भयो । सभामुख, निर्वाचन आयोग र अदालतमाथि ओलीको आक्रोश थियो ।

आफूहरूले लोकतन्त्रको चिन्ता गरिरहेको ओलीको भनाइ छ । उहाँले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने भन्दै कटाक्ष पनि गर्नु भयो ।

स्वार्थहरुका अनेक पोका एकै ठाउँ भेला पारेर अहिलेको सरकार बनेको ओलीको टिप्पणी छ । देउवा नेतृत्वको सरकार भिरभिरै गाडी कुदाउने ड्राइभर उस्तै उहाँको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *