डिजेलसहितको ट्याङ्कर चोरी गरेको आरोपमा एक जना पक्राउ

हिमालय टिभी
२०७८ भदौ १४ गते १९:०९
डिजेलसहितको ट्याङ्कर चोरी गरेको आरोपमा एक जना पक्राउ

१४ भदौ २०७८ विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादव छन् । २० हजार लिटर डिजलसहितको ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट यादवलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

डिपोको पार्किङमा रहेको डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर गएराति चोरी भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार(पाँच जनाको संलग्नता देखिएको छ । अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *