भारतीय फूटबल टिम आज नेपाल आउने
२०७८ भदौ १४ गते ९:४८

१४ भदौ २०७८ काठमाडौं। मैत्रीपूर्ण खेलका लागि भारतीय फूटबल टिम आज नेपाल आउने भएको छ ।
अखिल नेपाल फूटबल संघ (एन्फा) ले भारतीय टिम आज दिउँसो नेपाल आइपुग्ने जनाएको हो । मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिम घोषणा गरिसकेको छ ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रतिक्रिया