समाज

वाणगंगाले तटबन्ध भत्काएपछि यसरी ताते प्रदेश र स्थानीय सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते ७:१३
वाणगंगाले तटबन्ध भत्काएपछि यसरी ताते प्रदेश र स्थानीय सरकार (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित खोरियामा वाणगंगा नदीको तटबन्ध भत्किँदा २ सय ८० भन्दा बढी घर डुबानको उच्च जोखिममा परेका छन् ।

आसपासका १० गाउँसमेत प्रभावित हुने भएपछि क्षति न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसमेत अहिले सक्रिय देखिएको छ ।

गत साताको बाढीले खोरिया नजिकको बाँध भासिएपछि वस्ती उच्च जोखिममा परेको थियो । वस्ती उच्च जोखिममा परेपछि स्थानीय प्रशासनको अगुवाईमा नदी कटान नियन्त्रणका लागि सरोकारवाला निकायहरुले स्थलगत अवलोकनसमेत गरेका छन् ।

तत्कालका लागि अस्थायी रुपमा नदी कटान संरक्षणका कार्य गरिए पनि वर्षेनि हुने क्षति रोक्न स्थायी तटबन्ध निर्माणको आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिको सुझाव छ ।

नदी कटानको स्थायी समाधानका लागि प्रदेश सरकारले पनि चासो देखाएको छ । आवश्यक बजेटका लागि स्थानीय सरकारले तदारुकता देखाए प्रदेश सरकार बजेटका लागि तयार रहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सहसराम यादवले आश्वासन दिनुभयो ।

हरेक वर्षको बर्खायाममा नदीले कटान बढाउँदै लग्ने गरेको छ । सरोकारवाला निकायहरु अघिपछि बेवास्ता गर्ने र बाढी आएकै बेला टालटुल पार्ने प्रवृतिले कटानको समस्या दोहोरिँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *