भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

हिमालय टिभी
२०७८ भदौ १२ गते १३:४६
भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

१२ भदौ २०७८ भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छ्न् ।

राईले शुक्रबार राती २८ वर्षीया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन । आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ घटनास्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र उनलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *