एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग

हिमालय टिभी
२०७८ भदौ १२ गते ९:३०
एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग

१२ भदौ २०७८ पाल्पा । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ ।

एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति भएपछि नेपाल परिवार नियोजन सङ्घ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने बताउनुभयो । जिल्लामा एम्बुलेन्सको सङ्ख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले नागरिकले सास्ती खेपेको उहाँले जनाउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकामा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताउनुभयो ।

रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरु समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *