चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

हिमालय टिभी
२०७८ भदौ ९ गते २०:५१
चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

९ भदौ २०७८ कर्णाली । घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो । विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि हराएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पु¥याएको छ ।

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पु-याउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *