Main News

आगामी निर्वाचनमा हृदयश त्रिपाठी समूहले सूर्य चिन्हमा चुनाव नलड्ने

हिमालय टिभी
२०७८ भदौ ९ गते १८:५६
आगामी निर्वाचनमा हृदयश त्रिपाठी समूहले सूर्य चिन्हमा चुनाव नलड्ने

९ भदौ २०७८ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीले आगामी चुनावमा आफूहरुको छुट्नै चुनाव चिह्न हुने बताउनु भएको छ ।

त्रिपाठी लगायतका केही नेता २०७४ को निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव लडेका थिए ।

नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र राजनीतिक समूहका संयोजकसमेत रहेका त्रिपाठीले अब छुट्टै चिन्हसहित गठबन्धन बनाएर चुनावमा जाने बताउनु भयो ।

नेता त्रिपाठीले लुम्बिनी प्रदेशमा आफ्नो समूहबाट निर्वाचित सांसद अजय शाही सल्लाह नै नगरी सरकारमा सहभागी भएको बताउनुभयो ।

सूर्य चिह्नबाट चुनाव लडेका कारण शाहीमाथि एमालेको ह्वीप लाग्न सक्ने भन्दै त्रिपाठीले पछिल्ला दिनमा संघीय संसद र प्रदेशसभामा भइरहेका घटनालाई गाइजात्राको संज्ञा दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *