झापामा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

हिमालय टिभी
२०७८ भदौ ७ गते १३:२०
झापामा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

७ भदौ २०७८ झापा । झापामा ८ महिने शिशुसहित एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उहाँकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुबिना झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घरको ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा मृतकहरु फेला परेको प्रहरीको भनाइ छ । घटनास्थलबाट मृतक रबिनको कोरोना पोजेटिभ रहेको रिपोर्ट पनि फेला परेको छ ।

रविन वैदेशिक रोजगारीमा पठाउने एजेन्ट रहेको र केही दिनदेखि आर्थिक अवस्थाका कारणा तनावमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *