समयमा काम पूरा नगर्ने ठेकेदार जीपछिरिङ लामाप्रति म्याग्दीमा यस्तो व्याङ्ग्य

६ भदौ २०६८ म्याग्दी। म्याग्दीको बेनी(दरबाङ सडक निर्माणको काम समयमा नै पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले ठेकेदार जीपछिरिङ्ग लामाप्रति व्यङ्ग्य गर्दै ब्यानर टाँगेका छन् ।
सांसद समेत रहेका लामाको फोटोसहितको ब्यानरमा स्थानीयबासिन्दाले उहाँ र उहाँको कामप्रति म्याग्दीका बासिन्दा आभारी छौँ भनेर लेखेका छन् ।
ठेकेदारले समयमै काम नगरिदिएर सडककै कारण पहिरोको जोखिम, हिलो र धुलोमा हिँड्नुपर्ने समस्याले सास्ती पाएपछि स्थानीयले जीपछिरिङको फोटो सार्वजनिक गरेका हुन् ।
बेनी नगरपालिका(६ डम्मरा आसपासमा ठेकेदार सांसद जिपछिरिङको तस्वीरमा कालो पोतेर ठाउँ–ठाउँमा झुन्ड्याइएको छ । बेनी–बरबाङ सडकको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्न लामा–समानान्तर जेभीलाई ४७ करोड रुपैयाँमा ठेक्कामा दिइएको थियो ।
दुई पटक म्याद थपेर आधा पनि काम नभएर सास्ती खेप्नुपरेपछि स्थानीयबासिन्दा विरोधमा उत्रिएका हुन् ।
प्रतिक्रिया