चरित्र हत्या आरोपमा यूट्युबरसहित तीन जना पक्राउ
२०७८ भदौ ४ गते १९:२०
४ भदौ २०७८ काठमाडौं । झापाको बिर्तामोडस्थित एक होटलमा व्यक्तिगत गोपनियता भंग हुने र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरी र युटुबर बोलाएर आतंक मच्चाउने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, स्नुकर पूल संचालक सुवास कार्की, अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे पक्राउ परेका हुन् ।
त्यस्तै क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलमाथि पनि उजुरी परेको छ । उनीहरुको खोजी भइरहेको छ ।
मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला युटुबरले भिडियो खिचेर युटुबमा हालेर आफ्नो चरित्र हत्या गरेको भन्दै संयुक्तरुपमा उजुरी दिएका हुन् ।
प्रतिक्रिया