पहिरोले अवरुद्ध नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

हिमालय टिभी
२०७८ भदौ २ गते १५:२३
पहिरोले अवरुद्ध नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

२ भदौ २०७८ धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्ने खोलामा पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी संचालनमा आएको छ ।

सिस्ने खोला र खत्रीपौवाबीचमा पर्ने सुरुङमार्ग नजिकै खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर एकतर्फी सवारी संचालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख रमहेन्द्र खड़काले जानकारी दिनु भयो ।

सडकमाथिबाट पहिरो खसिरहेको छ । उहाँका अनुसार आजै दुवैतर्फ संचालनमा ल्याउन सकिने अवस्था नहुन पनि सक्छ । पानी परिरहेको र पहिरो खसिरहेका कारण काम गर्न पनि असहज बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *