यादवको अभिव्यक्तिलाई लिएर संसदमा आज पनि हंगामा, अमर्यादित टिप्पणी हटाइयो (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट हटाइएको छ ।
यादवले हिजो विशेष समयमा पूर्व प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ टिप्पणी गर्नुभएको थियो यादवको टिप्पणीबारे प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले शब्द हटाउन रुलिङ गर्नुभएको हो ।
यादवको अभिव्यक्ति हटाउन माग गर्दै केही एमाले सांसदले केहीबेर होहल्ला गरेर सभामुखलाई दबाब समेत दिएका थिए ।
त्यसपछि सभामुखबाट रुलिङ आएको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माओवादी केन्द्रका सांसद यादवले ‘अमर्यादित भाषा प्रयोग गरेको’मा कडा आपत्ति जनाउनुभयो ।
माओवादी केन्द्रका सांसद यादवले हिजो बोल्ने बित्तिकै एमाले प्रमुख सचेतक भट्टराई कडा आपत्ति जनाउँदै हटाउन माग गर्नुभएको थियो ।
सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपनि नहटेको भन्दै एमालेले आज शुरुमै उभिएर विरोध गरेको थियो ।
प्रतिक्रिया