चालक हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ रुपन्देही । रुपन्देहीमा मालवाहक ट्रकका चालकको हत्या र लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १७ गते ट्रकमा चामल ल्याई नेपाल आएका भारत महाराजगञ्जका बस्ने तौफिक अहमद पठानको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय अलि भन्ने सद्धाम कुजडा, २७ वर्षीय समिर भन्ने रिजवन अलि मुसलमान, २८ वर्षीय महेश कहार र तनहुँको शुक्लगण्डकीका २७ वर्षीय सुनिल पौडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट नेपाल चामल सप्लाई गर्ने व्यवसायी एवं ट्रक धनी नन्दकिशोर यादवले काठमाडौमा रहेका नन्दन नाम गरेका व्यवसायीलाई गत साउन १८ लाख मूल्य बराबरको चामल पठाएका थिए ।
चालक भारतीय भए पनि रुपन्देहीमा नै ससुराली भएका कारण उनी चामल लिएर आउने गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया