बाँकेको भेरी अस्पतालमा ज्वरोको उपचार गर्ने बिरामीको संख्या ह्वात्तै बढ्यो (भिडियो रिपोर्टसहित)
२०७८ साउन २६ गते १९:०९

२६ साउन २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालमा ज्वरो आएर उपचारका लागि आउने बिरामीको संख्या ह्वातै बढेको छ ।
बिरामीको संख्या बढेपछि अस्पतालको इमर्जेन्सी वाडमा बेड नपुगेपछि भुई मै राखेर उपचार गर्न थालिएको छ ।
भेरी अस्पतालको इमरजेन्सी वाडमा १६ बेड छन तर दैनिक ३० जनासम्म ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन । उनीहरुमा देखिएको लक्षण कोरोनासंग मिल्दो जुल्दो छ ।
अस्पतालमा आएका कतिपय बिरामीमा भाइरल ज्वरो, डेंगु ,स्क्रफ टाइफस समेत देखिएको छ ।
ज्वरो आएका बिरामीको पिसिआर परिक्षण गर्नुका साथै अस्पताल मै भर्ना गरेर उपचार गर्ने गरिएको छ ।
पछिल्लो पटक बाँकेमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
प्रतिक्रिया