आदिवासी दिवसमा न्युयोर्कमा भव्य कार्यक्रम हुने
२० साउन २०७८ काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आदिवासी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ।
फिप्नाको आयोजनामा यही अगष्ट ७ देखि २२ तारिखसम्म न्युयोर्कमा विभिन्न कार्यक्रम गर्न लागिएको हो।
अगष्ट ७ र ८ तारिखमा न्युयोर्कको कुइन्स ब्रिज पार्कमा भलिबल र फुटबल प्रतियोगिता आयोजना गरिएको छ। आदिवासी दिवस हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइन्छ। उक्त दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको फिप्नाका महासचिव नरेन्द्र थापाले जानकारी दिए।
सोही कार्यक्रममा सबै संस्थालाई नेपाल डेसम्बन्धी संकल्प पनि वितरण गरिने उनले बताए। फिप्नाले अगष्ट २१ र २२ तारिखमा नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड वितरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा आदिवासी समुदायलाई आधार बनाएर तयार पारिएका चलचित्र देखाउनुका साथै उत्कृष्टलाई पुरस्कार दिइने फिप्नाले जनाएको छ।
प्रतिक्रिया