कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण दर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते १६:४०
कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण दर (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ सुर्खेत । कर्णालीमा पछिल्लो पटक कोरोना संक्रमणदर फेरि उकालो लागेको छ ।

असारदेखि जारी निषेधाज्ञा खुकुलो भएपछि प्रदेशका १० जिल्लामा संक्रमण बढेको हो । पछिल्लो पटक संक्रमणको जोखिम भने महिलामा बढी देखिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । स्थानीय प्रशासनले निगरानी बढाउँदै पसल खोल्ने समय तोकेको छ ।

कर्णालीमा पछिल्लो पटक टाइफाइट, डेंगु, मलेरियाका विरामी पनि बढेका छन् । ज्वरो र खोकीका लक्षण देखिदा सुरुवातमा परीक्षण नगर्नाले पनि संक्रमण फैलिन सहयोग पुगेको चिकित्सकले बताएका छन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *