सुजिता हत्या अनुसन्धानमा उनका बाबु कामेश्वर पाण्डे पक्राउ

हिमालय टिभी
२०७८ साउन १८ गते १८:२५
सुजिता हत्या अनुसन्धानमा उनका बाबु कामेश्वर पाण्डे पक्राउ

१८ साउन २०७८ महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ ।

जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते बाबु कामेश्वरलाई यसबारे जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ ।

सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले हत्या लगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ ।

प्रमोदले भने सुजिताको शव खेतमा गाडेको र जेठ २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन सहयोग गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *