बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते

राजन रेग्मी
२०७८ साउन १८ गते ९:२७

बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते

१८ साउन २०७८ बागलुङ । बागलुङको गल्कोट नगरपालिका–१ चौराहमा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमार्डौँबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको रात्री बस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो । बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरिलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ क ाविष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुँवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ बडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिनुभयो ।

बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ । बस चालक चित्रबहादुर खड्का प्रहरी नियन्त्रणमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs