जिउँदै महिलालाई मृत घोषणा गरेको भन्दै भवानी अस्पताल तोडफोड
२०७८ साउन १७ गते १८:५७

१७ साउन २०७८ पर्सा । वीरगंजको लिंक रोडस्थित भवानी अस्पतालमा तोडफोड भएको छ ।
जिउँदै महिलालाई मृत घोषणा गरेको भन्दै वीरगंज लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको हो ।
मृतकका आफन्त तथा गाउँलेले अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि आक्रमण पनि गरेका छन् । आक्रमणमा डाक्टर, नर्स र तोडफोडका क्रममा सिसाले लागेर एक बिरामी कुरुवा घाइते भएको बताइएको छ ।
अस्पताल पुगेका प्रहरी र प्रदर्शनकारीबीच समेत झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितरवितर पारेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया