जिप कर्णाली नदीमा खस्दा दुई जना वेपत्ता

हिमालय टिभी
२०७८ साउन १५ गते २०:३४
जिप कर्णाली नदीमा खस्दा दुई जना वेपत्ता

१५ साउन २०७८ सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डवाट आज जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार दुई जना नदीमा बेपत्ता भएका छन् ।

नम्बर नखुलेको उक्त जिपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जिपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान भएको झारीमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका—३ बस्ने ४० वर्षीय चालक चन्द्रप्रकाश जोशी र उहाँकी पत्नी ३० वर्षीया रुबी रहेको बताइएको छ । उहाँका आठ वर्षीया छोरी लक्ष्मी, दुई वर्षका बालक भुवन र छ वर्षकी छोरी सावित्रीलाई नदी छेउको झारीमा फेला पारिएको छ ।

तीनै जनाको अवस्था गम्भीर रहेको छ । बालबालिकालाई लम्कीस्थित अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । प्रहरीले बेपत्ता दुई जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो ।

उक्त कच्ची सडकमा जिप ‘व्याक’ गर्ने क्रममा झण्डै ३०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *