सुन पसल लुटपाट प्रयासमा संलग्न ६ जना पक्राउ
२०७८ साउन १३ गते १८:५३

१३ साउन २०७८ मोरङ । मोरङ प्रहरीले मोरङको सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयास गरेको भन्दै छ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाका प्रकाश भन्ने चन्द्र बहादुर राई, चिरञ्जीवी राई, सुनसरीका डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङका मिशन राई,सन्तोष राई तथा भोजपुरका नगेन्द्र राई छन् ।
उनीहरुले गएको साउन १ गते दिउँसो हतियार देखाउदै शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया