अपहरण तथा शरीर बन्धकको आरोेपमा इटहरीबाट तीन जना पक्राउ

हिमालय टिभी
२०७८ साउन ९ गते १३:३१
अपहरण तथा शरीर बन्धकको आरोेपमा इटहरीबाट तीन जना पक्राउ

९ साउन २०७८ सुनसरी । अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय शिद्धार्थ राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो ।

तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गरी सिटी सफारीमा राखेर फूलबारी टोलमा पुर्याएरका थिए। रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरीका आधारमा मुद्दा चलाउने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *