मर्स्याङ्दी नदीले मनाङको चामेमा झोलुङ्गे पुल बगायो
२०७८ साउन ६ गते १९:०१
६ साउन २०७८ मनाङ । अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ ।
यो झोलुङ्गे पुल बगाएपछि चामे र माथिल्लो मनाङसँगको सम्पर्क टुटेको छ । गत जेठ अन्तिममा मर्स्याङ्दी नदीमा आएको बाढीले सडक वगाएको थियो ।
गएरातिदेखि परेको वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ । चामेको मोटरेवल पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठ थुप्रिदा पानी बस्तीतर्फ पसेको छ ।
गत महिनाको बाढीले मनाङका सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा ठुलो क्षति पुगेको थियो ।
प्रतिक्रिया