आज पनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ साउन ५ गते ९:०७
आज पनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना

५ साउन २०७८ काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान आगामी तीन दिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले बाढी–पहिरोलगायत विपत्तिबाट बच्न जोखिम क्षेत्रका बासिन्दाका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै सुरक्षित र सतर्क रहन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *