मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ४ गते १७:१२
मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

४ साउन २०७८ धादिङ । धादिङको गजुरी गाउँपालिकास्थित बँछेटारमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतक खनियाबासबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०५४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट चितवनतर्फ जाँदै गरेको बा ५ ख ३०४८ नं। को स्वराज मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेका खनियाबासका अन्दाजी ३५ वर्षीय तारा बहादुर गुरुङ भएको प्रहरीले जनाएको छ भने मोटरसाइकलमा सवार खनियाबासकै मंजु गुरुङ घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *