Main News
प्रतिनिधिसभाको गरिमालाई अवमूल्यान गर्ने प्रयासमा लगाम लाग्योः सभामुख सापकोटा
२०७८ साउन ३ गते १७:४६

३ साउन २०७८ काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापनाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताउनुभयो ।
सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार सर्वोच्चले फैसला गरेको प्रतिक्रिया दिनुभयो ।
उहाँले विगतको तुलनामा संसदलाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनीतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको बताउनुभयो ।
प्रतिक्रिया