तलब भत्ता नपाएपछि शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी आन्दोलित (भिडियो रिपोर्टसहित)
२०७८ साउन १ गते १९:०५
१ साउन २०७८ बाँके । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै शिक्षण अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्रबन्ध निर्देशक, प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।
आन्दोलनका कारण अस्पतालले प्रदान गर्ने आकस्मिक बाहेकका सेवा प्रभाबित भएका छन । तीन महिनादेखि तलव र कोरोना महामारीका बेला काम गरेको जोखिम भत्ता नपाउँदा सम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
ब्यबस्थापनले भने कलेजले पाउँदै आएको एमबिएसको १ सय ५० सिट कटौती भएर १ सयमा झरेको तर कर्मचारी उत्ति नै हुँदा समस्या भएको दाबी गरेको छ ।
साउन महिनामा बैंकबाट थप ऋण लिएर मात्रै तलब भत्ता दिन सक्ने व्यवस्थापनको प्रतिक्रिया छ । नेपालगन्ज मेडिकल कलेजमा करिब १२ सय कर्मचारी छन् ।
प्रतिक्रिया