अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गर्ने दोभाषेलाई स्थानान्तरण गरिने

३१ असार २०७८ न्युयोर्क । अमेरिकाले अफगानिस्तान द्वन्द्वमा अमेरिकी सेनालाई सहयोग पुर्याउने अफगान दोभाषेहरुलाई स्थानान्तरण गर्ने भएको छ ।
अफगानिस्तानमा द्वन्द्वका बेला अमेरिकी नेतृत्वको सेनालाई सहयोग गर्ने र जोखिममा रहेको मानिएको अफगान भाषा अनुवादकलाई अन्य देशमा लैजाने तयारी गरेको हो ।
अपरेशन एलिज रिफ्युजी नामक उक्त स्थानान्तरण अभियान जुलाई अन्तिम सातादेखि शुरु हुने ह्वाइट हाउसले बताएको छ । उनीहरु साहसी रहेको र पछिल्लो वर्षमा उनीहरुको महत्वपूर्ण भूमिकाको सुनिश्चितता गर्नुपर्ने ह्वाइट हाउसले उल्लेख गरेको छ ।
राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि फिर्ता हुने समयसीमा तोकेका थिए ।
त्यसअघि नै अमेरिकी सेना फिर्ता भइसकेको छ भने यही योजना अन्तर्गत दोभाषे स्थानान्तरणको योजना पनि आएको हो ।
सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । पहिलो चरणमा करिब २ हजार ५ सय जनालाई अमेरिका तथा अन्य देशमा बसोबास गराइने छ ।
सन् २ हजार १ देखि अफगानिस्तान द्बन्द्बका बेला उनीहरु अमेरिकी सरकार वा अमेरिकी नेतृत्वमा रहेको सैन्य बलसँग सहयोगीकारुपमा आबद्ध थिए ।
उनीहरु विशेष आप्रवासी भिसा कार्यक्रम अन्तर्गत त्यहाँ जाने छन् । भिसा प्रक्रियामा रहेका उनीहरु सैनिक सुविधासहित त्यहाँ रहने छन् ।
प्रतिक्रिया