ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु, २ जना घाइते
२०७८ असार २९ गते १४:०२

२९ असार २०७८ धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिई गजुरी पठाएको छ भने घाइते दुई जनालाई उपचारको लागि काठमाडौं पठाईएको र बालकको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते र मृतक बालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी जनाएको छ ।
प्रतिक्रिया