चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

हिमालय टिभी
२०७८ असार २७ गते १३:२६
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

२७ असार २०७८ कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *