गण्डकी प्रदेश सरकारले भ्रष्टाचार गरेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १९:२६
गण्डकी प्रदेश सरकारले भ्रष्टाचार गरेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ पोखरा । नेकपा एमाले नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ ।

आर्थिक वर्षको अन्त्यमा गैह्र बजेट खर्च गरेर सरकारले भ्रष्टचारको सुरुवात गरेको उहाँले आरोप लगाउनुभयो । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा गुरुङले सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर कार्यकर्ता बाँडेको दाबी गर्नुभयो ।

लोकतन्त्रको नाममा सर्वसत्तावाद लाद्न थालिएको पनि पूर्वमुख्यमन्त्रीले आरोप लगाउनुभयो । सरकारले असारको अन्तिममा आएर मात्र बजेट छलफलमा ल्याउन लागेको भन्दै उहाँले असन्तुष्टी जनाउनुभयो ।

विगतका योजना असफल गर्ने र बजेट अन्यन्त्रै मोड्ने गरी बजेट आए कडा प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।

सरकार छाड्ने बेला ४ अर्बको टेण्डर गरेको भन्ने सरकारको आरोपको गुरुङले खण्डन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *