प्रदेश १ को बजेट बहुमतले पारित
२५ असार २०७८ विराटनगर । प्रदेश १ को बजेट पारित भएको छ । प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको घोषणा गरिएको थियो ।
प्रतिपक्षी माओवादी केन्द्रका सांसद मोहन कुमार खड्काले पेस गरेको एक सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
विनियोजन विधेयकमाथिको छलफलमा सत्तारुढ एमालेकै सांसदले समेत आलोचना गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले बजेटका थुप्रै सकारात्मक पक्ष हुँदा पनि स–साना नकारात्मक पक्ष खोजेर प्रदेशसभामा उछालेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
प्रदेश सरकारले असार १ गते ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिक्रिया